साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।
१. साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निशुल्क गर्न आदेश जारी गर्नुभएको छ ।
यो आदेशबाट साउदी अरबमा भीषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् । साउदी राजाको आदेशसँगै आज यहाँका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन नहिच्किचाउन अनुरोध गर्नुभएको छ ।
२. आज मिति २०७६।१२।१७ (मार्च ३०, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ ।
आज थप १५४ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा संक्रमण छैन ।
३. राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहनुभएको छ ।
राहदानीको म्याद ८-९ महिना भन्दा बढी भएका र राहदानीमा पेज बाँकी भएका नेपालीहरुले राहदानी नवीकरणका लागि हतार गर्नु आवश्यक नरहेको जानकारी गराइन्छ । कोरोना भाइरसका कारण सिर्जना भएको हालको अवस्था सामान्य भएपछि नेपाली राजदूतावासले राहदानी आवेदनमा सहजहुने गरी व्यवस्था गर्ने पनि अनुरोध छ ।
कोरोना भाइरसको संक्रमणबाट बचौँ र बचाऔँ ।
नेपाली राजदूतावास रियाद । २०७६।१२।१७ साभार :- Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद Pege बाट
Discussion about this post