चितवनमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिला पक्राउ परेकी छन्।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका-७ की ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेको हो।
‘तपाईंहरू यशुलाई विश्वास गर्नुस् कोरोनाले छुन सक्दैन’ भन्दै भ्रम फैलाउने काम गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न आइतबार १० दिनको म्याद थप गरेको छ।
‘ती महिलाले केही मान्छे भेला पारी यशुको किताब तथा फोटोहरू बाँडेका समेत रहेछन्,’एसपी नन्तीराज गुरुङले भने,’उनी आफैंले त गरिन् तर उनलाई त्यस्तो गर्न लगाउने समेतको अनुसन्धान गरिरहेका छौं।’
उनलाई आज मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भएको प्रहरीले बताएको छ।
साभार :- https://www.setopati.com/ बाट
Discussion about this post