देवकी न्यौपाने
काठमाडौं, भाद्र १४ । गोकर्णेश्वर नगरपालिकास्थित राम मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रमबाट ३२ पिण्ट रगत संकलन भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं.– ५ र ६ का वडा अध्यक्ष नारायण सुवेदी, रमेश अर्याल, चामुण्डा क्षेत्र विकास समितिको अध्यक्ष विमलमान श्रेष्ठ, धुब्र सुवेदी, ब्लोडानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठ, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरू उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा ब्लोडान गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोविन्द काफ्लेले सम्पूर्ण रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्र, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरूलाई आभारसहित धन्यवाद व्यक्त गर्नुभयो ।
Discussion about this post